Tuesday, September 14, 2010

''आत्मा सबैको हुन्छ ''

आत्मा सबैको हुन्छ बिछोडमा जो पनी रुन्छ ''
बुझ्नेले मात्र बुझेको हुन्छ आसुको मूल्य कति हुन्छ ''
एकै नजरमा तिमीले फसायेउ पिरती लगाएर सपनामा भुलायेउ ''
लुकेरहेरे मनले रमाई बिर्सिनसक्नु तिमीले बानायेउ''
संसार सारा बिर्स्यौ तिमीले मलाई सम्झी रुने बनायौ ''
विश्वास पहिलो भेटमा नै दिलायौ यो दिलसंग त्यो दिल मिलायौ ''
एक्लो जिबनमा तिमी लाइ भेटे जिबनको सार्थकता तिमीलाई नै देखे ''
एक्लोहुदा तिम्रोमाया ले योदिल जलायो तिम्रो सपनाले मलाई पागल बनायो''
तिम्रो नाममा एकान्तमा गित नगा होइन तिम्रोलागी यो दिलमा ठाउँ नभाहोइन''
जिउनु छ यहाँ एकान्तमा एक्लो लास भएर के पायो दैब आखिर मलाई चोट दिएर ''
भाबिले दिएको उपहार बाच्नुछ आसु पिएर कल्पनाका महलहरु गए सिसाझै फुटेर ''
भन्न सक्दिन आज आफ्नै जिबन कथा चोटिलो मुटुको बेथा लिएर ''
मेटाउन सक्दिन यो ह्रीदयको गहिरो माया अतितका ति स्मृति हरुलाई सम्झेर ''
आत्मा सबैको हुन्छ बिछोडमा जो पनी रुन्छ ''
बुझ्नेले मात्र बुझेको हुन्छ आसुको मूल्य कति हुन्छ ''
''सरोज गौतम ''

''माया हिर्दएको धुन हो'

कोहि भन्छन माया जिन्दगीहो कोहि भन्छन माया साथी हो ''
मायानै मानिसको भोक हो मायानै जिन्दगीको सबै थोक हो ''
कोहि भन्छन माया मुटुको धड्कन हो माया सरिरको खुन हो ''                                
तरम भन्छु माया वास्तविक प्रेम मेटाउने अन्तर हिर्दएको धुन हो ''
माया सरिरिक आकारसणहोइन मायालुको झल्कोहेर्न खोज्ने गुलाफीब्यकुलता हो''
मायालुको को अनुभूतिलाई स्मृति मा ल्याउन खोज्ने चाहना हो ''
मायालुको आवाज सुन्न छटपटाइ रहेको कानको रक्तिम गुदगुदीहो''
आखामा आसु सुकिसको मायालुको वियोगमा रोहिबस्दा ''
ओठमा मुस्कान हराईसको तिमिसग हास्न नपाउदा ''
आसा भरोसा हरु मरिगए निरास भै तड्पी रहदा '''
मेरा रहरहरु सबै भागिगाए एक्लिएर झोक्री बस्दा ''
गन्तब्यमेरो टाढा भयो सुन्दरसपनाको कल्पना गर्दा''
मुटु मेरो तद्पिनै रह्यो तिम्रो याद ले सताइदिदा '''''
हिरदय मेरो छ्यतबिछ्यत भयो तिमीसग बिदा लिदा''
मन मेरो रोहि नै रह्यो तिम्रो वियोगमा तड्पीबस्दा ''
गन्तब्य मेरो टाढा भयो सुन्दर सपना को कल्पना गर्दा''
बरपिपला होइन म तै पनि तिमिलाई सीतलतादिनमन लाग्छ''
समुन्द्र होइन म तै पनि तिम्रो हीदय मा बग्न मन लाग्छ ''
भाबि होइन म तै पनि तिम्रो भाग्य निर्माण गर्न मन लाग्छ ''

दु:ख-सुख

भुल्न नशाकिने कल्पना हरु ६न् स्मृतिका क्षण भरि''
बिर्सना नसकिने मायाहरू छन् मेरो सुन्दर मनभरी''
दु:ख-सुख बोकी रहेकोछु यो अभागी जिबन भरि ''
दु:ख-सुख को सगालो रहेछ यो अकेला को जिबन भरि "

महत्वो


 अध्यारो मा लाईट को '
सडक मा साईड् को '
परिक्षा मा गाईड् को '
झगडा मा फाईट को '     
            ठुलो महत्तो छ""
अरब मा पानी को '
नेपाल मा खानि को '
स्कुल मा सीक्षा को'
दीहात मा रिक्सा को'      
          ठुलो महत्तो छ""
जंगल् मा भालु को '
तरकरी मा आलु को'
खेलाडी मा चालु को '
टाउको मा तालु को '  
            ठुलो महत्तो छ""
खेत मा आली को '
ओठ मा लाली को '
नाता मा साली को '
देबि मा काली को '  
            ठुलो महत्तो छ""

मसला मा जिरो को
सेनिमा मा हिरो को '

हीसाब मा जिरो को '
सब्ब्जी मा पिरो को '    
              ठुलो महत्वो छ्""
शरीर मा खुन को '
स्वाद मा नुन को '
संगीत मा धुन को'
सुर्ती मा चुन को '
धातु मा सुन को ' 
             ठुलो महत्वो छ्""
गुण्डा लाई केटी को '
पन्डा लाई भेटी को '
राजा लाई रानी को '
आमा लाई नानी को '     
              ठुलो महत्वो छ्""
पुलिस लाई डन्डा को '
पाटी लाई झन्डा को '
गोरु लाई भुस को '
मन्त्रि लाई घुस को '
जनता लाई रासन को '
सरकार लाई शासन को'
नेता लाई भाषान को '   
                ठुलो महत्वो छ्""
______________________{सरोज गौतम}__________

Sunday, September 12, 2010

देखिन्छु रे { छड्के }


अहिले त चकास् देखिन्छु रे ,

कुखुरो बेचेर झुत्रे पेन्ट किनेको छु ,
जी पनि तानिन्छ
बुज पनि हानिन्छ...
दुइ-चार लफंगाहरु चिनेको छु ,
झ्याप भएर तिनै सँग हिनेको छु !!

अहिले त दामस् देखिन्छु रे ,
बाख्रो बेचेर मुबाइल किनेको छु
गफैले हल्लाइन्छ
फेसबुक पनि चलाइन्छ
छिप्कलीहरुको नम्बर चिनेको छु
गाउ भरि धाक लड़ाउदै हिनेको छु .....!!

अब त झन् झकास् देखिन्छु रे
खेत बेचेर बाइक किनेको छु
डान्सबार गइन्छ ,
बबाल मच्चाइन्छ ,
दुइ चार दलालहरु चिनेको छु
मन्त्रीको छोराहरु सँग हिडेको छु !!

अहिले झन् त गांठिस् देखिन्छु रे
घरबारी बेचेर राजनीतिमा हिडेको छु
भाषण फुकिन्छ ,
चुनाब पछी लुकिन्छ .
दुइ चार कुण्डले ट्यापेहरु पालिएको छ .
देश किन्ने बिदेशी दलाल चिन्न थालिएको छ !!

Friday, September 10, 2010

नरोउदिदी


नरोउ दिदी यस्पाली नि लिन आउन पाइन

चुइयो छाप्रो माइती को फेरी छाउन पाइन

झारेर आसुँ धाउदै नै होली उकाली ओराली
गर्छौकी माफ तिम्रै घर लिन धाउन पाइन

समय कस्तो निस्ठुरी छ दिदी झार्दिन आशु'नी
बसेर सँगै तिजको गीत नि गाउँन पाइन

लक्ष्य


मैले आफुलाई हराएर. तिमीलाई खोजेको छु ,,

अनुहार यहाँ धेरै छन्. तर तिमीलाई नै रोजेकोछु ,,

के सपना के बिपना. सधै तिम्रो तस्बीर देखेको छु,,
म बाट टाडा नजाउ भनि. भगवानलाई पुजेखको छु ,,

तिमीलाई जिबन साथी बनाउने. मैले आफ्नो लक्ष्य  बनाएको छु ,,